२०७८ भाद्र १९ गते शनिवार
२०७८ भाद्र १९ गते शनिवार

भारतमा २१ दिन लामो ‘लकडाउन’ घोषणा

दिल्ली,
१२ चैत ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै देश लकडाउन गर्ने घोषणा गरेका छन् ।

मङ्गलबार राति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन् ।

२१ दिने लामो‌ लकडाउन मङ्गलबार राति १२ बजेदेखि सुरु हुने छ । भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ ।

कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भइसकेका छन् ।