२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

कन्टेनरमा काठमाडौंबाट वीरगञ्ज आएका ५२ यात्रु पक्राउ

वीरगञ्ज,
१२ चैत ।
सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए ।

उनीहरुले कन्टेनर चालकलाई २/२ सय रुपैयाँ भाडा दिएको बताएका छन् । बुधबार बिहान १० बजेसम्म उनीहरुलाई प्रहरीले छाडेको छैन ।