२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

गोठको भर्‍याङबाट लडेर हंसपुरका वलीको मृत्यु

बबई,
१२ चैत ।
पश्चिम दाङमा भर्‍याङबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. २ हंसपुर निबासी ३४ बर्षका तुलबहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गोठको भर्‍याङ चढ्ने कुनामा मृत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । आफन्तले भर्‍याङबाट खसेर मृत्यु भएको बताएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्र्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिएका छन् ।