२०७७ मङ्सिर २० गते शनिवार
२०७७ मङ्सिर २० गते शनिवार

लकडाउन अवज्ञा गर्ने पैदलयात्रिलाई उठबस गराउँदै प्रहरी

काठमाडौं,
१२ चैत ।
सरकारले घोषणा गरेको एक साता लामो लकडाउनलाई अवज्ञा गर्दै सडकमा निस्किनेविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुन थालेको छ। देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ। प्रहरीले हात भाटा र लाठी बोक्दै लकडाउनमा सडकमा निस्किएकालाई घरतिर लखेटिरहेको छ।

त्यसैगरी दाङ प्रहरीले पनि लकडाउन उलंघन गर्नेलाई तह लगाउन सडकमै राखेर उठबस गराएको छ। सम्झाइ बुझाइ गर्दा पनि नमान्नेलाई प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइरहेको छ।

मंगलबारदेखि सुरु लकडाउनका क्रममा पहिलो दिन लकडाउन खुकुलो भएपछि प्रहरीले दोस्रो दिन आज कडाइ गरेको हो। प्रहरीले आज लकडाउन उलंघन गर्नेलाई ठाउँ ठाउँबाट पक्राउ गरेको छ भने सडकमै कारवाही चलाइरहेको छ।