२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

काठमाडौं,
१२ चैत
। नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको छ। बुधबार रातिदेखि टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको हो।

यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् । मंगलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो ।

कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पु¥याउन प्राधिकरणले कम्तीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।