२०७९ असार ८ गते बुधवार
२०७९ असार ८ गते बुधवार

बेलझुण्डीमा कोरोना विशेष अस्पताल संचालनमा

दाङ,
१२ चैत ।
प्रदेश नम्बर ५ सरकारले दाङको बेलझुण्डीमा सञ्चालन गरेको कोरोना बिशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

एक सय बेड क्षमताको बनाउने गरी आज ३० बेडबाट उपचार सुरु गरिएको प्रदेश नम्बर ५ का आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।

कोरोनाको आशंका गरिएका तथा संक्रमितहरुलाई यहाँ आइसोलेसनमा राखेर ल्याब परिक्षणका लागि काठमाण्डौ पठाउने गरी अस्पताल स्थापना गरिएको हो ।