२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

उद्योग वाणिज्य महासंघ प्रदेश ५ को साढे २ लाख सहयोग

बुटवल,
१२ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ ले कोरोना भाइरस नियन्त्रण कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रदेश ५ सरकारले स्थापना गरेको १० करोडको कोरोना भाइरस नियन्त्र कोषमा उक्त रकम सहयोग गर्ने निर्णय महासंघ प्रदेश ५ समितिले गरेको हो । कोभिड–१९ का कारण देश विषम परिस्थितिमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउनका लागि तीनै तहका सरकारबाट विभिन्न प्रयासहरु भइरहेको सन्दर्भमा उद्योगी व्यवसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कार्यसमिति सदस्य उज्वल कसजुले बताए ।

समितिका अध्यक्ष गुणनिधि तिवारीले बुधबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर राहत कोषमा उक्त रकम सहयोग गर्ने जानकारी दिएका हुन् ।