२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

चैत ६ मा कतारवाट आएकी युवती आइसोलेसनमा

तुलसीपुर,
१२ चैत
। गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि संगै यात्रा गरेकी दाङ तुलसीपुरकी एक युवतीलाई प्रहरीले खोजेर अस्पताल पुर्याएको छ ।

बुधवार उनको खोजी गरेर प्रहरीले उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसनमा पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले जानकारी दिए ।

उनले सुरुमा दुईजना दाङका महिला उक्त विमानमा संगै यात्रा गरेर आएको भन्ने जानकारी आएको हुँदा दिनभर खोजी गरेपछि बल्ल त्यो झुटो रहेको पुष्टि भएको बताए । ‘प्रहरीले दिनभर अर्की महिलालाई खोज्न दुःख गर्यो, तर कतै फेला पार्न सकेन,’ प्रजिअ रिजालले भने ‘ अन्त्यमा ती महिला दाङको नभएको प्रमाणित भयो।’