२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

काठमाडौं,
१३ चैत ।
कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ। बिहीबार ६ बजेसम्मको तथ्यांक अनुसार, २१ हजार १ सय ८० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, हालसम्म ४ लाख ६७ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन्। १ लाख १३ हजार २ सय २६ जना उपचारपछि निको भएका छन्।