२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

खुल्न थाले चीनका फिल्म हल


एजेन्सी,
१३ चैत ।
कोरोना भाइरसको कारण विश्व आतंकित भइरहेको बेला चीन भने सामान्य अवस्थामा फैर्किएको छ । पछिल्ला केहि दिनदेखि भाइरस शून्य अवस्थामा आएपछि चीनमा फिल्म हल पनि खुल्न थालेका छन् ।

यसले नयाँ वर्ष २०२० मा रिलिजका लागि तयार भएका ठूला बजेटका फिल्मसहित चीनको मनोरञ्जन बजार ठप्प भएको थियो । अहिले संक्रमण संख्या न्यून बन्दै गएपछि चीनको मनोरञ्जन क्षेत्र पुनः बौरिन थालेको छ । हाललाई करिब पाँच सय हल चीन सरकारले खुल्ला गरेको छ । तर कोरोना भाइरसको आतंकले हालसम्म प्रायः हलहरूमा दर्शकको उपस्थिति अत्यन्त न्यून रहेको छ।

चीनले शुक्रबार मात्र देशभरिमा चार सय ८६ वटा हल खुल्ला गरेको थियो भने शनिबार थप २१ गरी पाँच सय सात हल खुल्ला गरेको थियो । कोरोनाको कारण चीनमा ७० हजार बढी चलचित्र हल बन्द भएको थियो ।