२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शहर भन्दा गाउँ असुरक्षित !

दाङ,
१३ चैत ।
विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गत ११ गते देखि लकडाउन गरेको छ । लकडाउनका कारण शहर सुनसान देखिएको छ भने गाउँमा भने चहल पहल बढेको पाइएको छ ।

शहर तथा खाडीमुलुक र छिमेकी देश भारतमI कमाउन गएकाहरू गाउँ फर्किएका छन् । विदेशबाट आएका ३ जना नेपालीहरूमा कोरोना भाइरसको पुष्टि भइसकेको अवस्थामा शहर भन्दा गाउँ असुरक्षित हुन्छ कि भन्ने त्रास फैलिएको छ । गाउँमा लकडाउनलाई पालना नगरेको अवस्था पाइएको छ । यसले गर्दा गाउँ असुक्षित हुने हो की भन्ने सामाजिक सञ्जालमा बहस चल्न थालेको छ, भने गाउँका स्थानिय बुद्धिजिविहरूले गाउँको चिन्ता व्यक्त गर्न थालेका छन । गाउँका पसल तथा अन्य व्यवसायहरु पनि सञ्चालन भइरहेको हाम्रा स्थानिय सहकर्मीहरूले जानकारी दिएका छन ।

सबै भन्दा बढी भिड मिलमा पिसाउने, कुटाउने तथा पेलाउनेको घुइँचो रहेको बताइएको छ । गाउँघरमा केही मानिस बाहेक अन्यले कोरोना भाइरसको साबधानी नअपनाएको हाम्रा सहकर्मीहरू बताउँछन्। कोरोना भाइरसको रोकथाम नअपनाउनाले गाउँ असुक्षित हुने सम्भावना देखिने चिन्ता रहेको स्थानिय बुद्धिजिविलाई उदृत गर्दै हाम्रा सहकर्मी जनाएका छन । गाउँमा स्वास्थ्य जाँच नगरेर विदेशबाट फर्केका र मास्क प्रयोग तथा उचित सरसफाईमा ध्यान नदिएको अवस्थाले गाउँ कोरोना भाइरसबाट उच्च जोखिममा पर्न सक्ने आशंका रहेको छ।

राजनितिक तथा अन्य बन्द झैं गाउँमा केहि हुँदैन भनेर भेटघाट तथा समुहमा विभिन्न क्रियाकलाप गर्ने गरेको पाइएको छ । कोरोना भाइरस गाउँघरमा आउँदैन भन्ने मानसिकता, अशिक्षा र जनचेतना अभाव र असुक्षित आवतजावतले गाउँमा कोरोना भाइरसले महामारी लिने हो भन्ने आँकल गर्न थालिएको बताइएको छ । बिदेशबाट आएकाहरूको तथ्याङ संकलन गरी अनिवार्य स्वास्थ्य चेकजाँच गराउन स्थानिय बुद्धिजिवहरूले आवाज उठाएका छन् ।

कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारको गाउँघरमा पसल लकडाउन लागु गर्न सवैले ध्यान दिन आवश्यक रहेको छ ।