२०८१ कार्तिक २५ गते आइतवार
२०८१ कार्तिक २५ गते आइतवार

पाल्पामा ४५ बेडको क्वारेन्टाइन तयार

पाल्पा,
१३ चैत ।
कोभिड–१९ का शंकास्पद बिरामीको उपचारका लागि पाल्पाका १० मध्ये तीन स्थानीय तहमा क्वारेन्टाइन कक्ष (बेड) तयारी भएको छ । बुधबार ४५ बेडको क्वारेन्टाइन बेड तयार भएको हो ।

जिल्लास्तरीय कोरोना संक्रमण तथा उपचार कार्यमा सहजीकरण गर्न गठित कार्य टोलीको आग्रहमा स्थानीय तहले बेड तयार गरेका हुन्। तानसेन नगरपालिकाले जनप्रिय माविमा ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ। बुधबार १५ बेड मात्र तयार भएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए।

पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालबाट सिफारिस भइ आएका बिरामी यहाँ राखिने स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए।