२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

हापुरेमा ३० बेडको आईसोलेसन वार्ड

हापुरे,
१२ चैत ।
पश्चिम दाङको बबई गाउँपालिकाले कोरोना भाइरसका सम्भावित विरामी र भारतलगायत बिभिन्न देशबाट आएकाहरुलाई आइसोलेसनमा राख्नको लागि ३० बेडको आईसोलेसन वार्ड तयार पारेको छ ।

गाउँपालिकाले हापुरेमा रहेको माबि पदमपुरमा ३० बेडको आईसोलेसन वार्ड निर्माण गरेको हो । भारत लगायत अन्य देशबाट आएकामा कारोना भाइरसको सम्भावित जोखिम हुने भएकाले आईसोलेसन वार्ड निर्माण गरिएको बबई गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी खड्काले बताए ।

आजदेखि सम्भावित विरामीलाई आइसोलेसन वार्डमा राखिने व्यवस्था मिलाईएको संयोजक खड्काले बताए। बाहिरबाट आएकालाई १४ दिनसम्म आईसोलेशनमा राखिने छ ।