२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

लकडाउनको पालना नगर्नेलाई कानुनी कारवाही

तिर्थराज ज्ञवाली,
देउखुरी १३ चैत ।
सरकारले विरामीको निःशुल्क चेकजाँच गर्दै सावधानी अपनाई रहेको अवस्थामा सरकारको अनुरोधलाई नमान्ने जो कोहिलाई लकडाउन उलंघन गरेकोमा कानुनी कारवाही हुन सक्ने हुँदा घरमै बसी कोरोना भाइरसको संक्रमणबाट बच्नु उपयुत्त हुने दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।

अध्यक्ष सुवेदिले सरकारको नियम, कानुन नमानेर कोरोना भाईरसको जोखीम बृद्धि गर्न अनावस्यक खुला रुपमा हिँडडुल गर्नेलाई आजदेखी थप कडाई गरिने र बन्द कारवाही समेत हुन सक्ने प्रशासनसंग छलफल भएको समेत बताउनु भएको छ । सरकारको लकडाउनको पालना नगरी राप्ती क्षेत्रको मुख्य तथा सहायक रोडमा अनावश्यक हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिई चेतावनी स्वरुप सवारी साधन नियन्त्रण तथा कारवाही गर्न निर्देशन गरिएकोले विना काम घर बाहिर हिँडडुल नगर्न सबैमा अनुरोध गर्नुभएको हो ।

अध्यक्ष सुबेदिले यो कुनै राजनैतिक पार्टि विशेषले लकडाउन नगरेर विश्वब्यापी कोरोना संकटबाट बच्न र बचाउन बन्द गरिएकोले आफ्नो र अरुको स्वास्थ्य रक्षाको लागि बानी ब्यबहारमा परिवर्तन ल्याउन सबैमा अनुरोध गर्नु भएको हो ।
पछिल्लो समयमा हाम्रो देशमा पनि कोरना प्रभावित विरामी भेटिन थालेकोले अव बच्ने उपायहरुको पालना गर्दै आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुशासित हुन आवश्यक रहेको अध्यक्ष सुवेदिले बताउनु भएको छ ।

परिवारको सदस्यले के गरिरहेको छ र कता हिँड्दैछ भन्नेबारे घरपरिवारले समेत चासो राखी आफ्ना परिवारजनलाई कोरोना संक्रमणबाट बच्न र बचाउन पहल समेत गर्नु आवश्यक रहेको सुवेदिले बताउनु भएको छ ।