२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

कतारबाट आएकी दाङकी युवतीको अवस्था सामान्य

तुलसीपुर,
१३ चैत ।
गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङको बबई गाउँपालिकाकी एक युवती आइसोलेसनमा छिन ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएर उपचार गराईरहेकी ती युवतीमा हालसम्म ज्वरो, रुघाखोकी लगाएका कोरोना संग सम्वन्धित त्यस्तो कुनै लक्षणहरु देखा नपरेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।

२१ बर्षीया ती युवतीलाई बुधबार दिउँसो साढे ४ बजेतिर प्रहरीको सहयोगमा अस्पताल ल्याइएको थियो । अस्पतालका सुपरिटेडन्डेन्ट डा. सर्वेस शर्माले आएदेखि नै ती युवतीलाई उच्च निगरानीमा राखेर चेकजाँच भइरहेको भएपनि हालसम्म ती युवतीमा कोराना संग सम्वन्धित ज्वरो तथा खोकी जस्ता कुनैपनि लक्षणहरु देखा नपरेको जानकारी दिए ।

यसैबीच ती युवतीको स्वाब लिनका लागि विहीवार नै बुटवलबाट चिकित्सकको टोली तुलसीपुर आउन लागेको मेसु शर्माले बताए । स्वाब संकलनपछि उनलाई बेलझुण्डीस्थित विशेष अस्पतालको आइसोलेसनमा लगेर राखिने उनले जानकारी दिए ।