२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

चाेकचाेकमा अस्थायी धारा र डिटाेल साबुन

शान्तिनगर,
१३ चैत ।
शान्तिनगर गाउँपालिका ५ वडा कार्यालयले काेराेना भाइरस राेकथामका लागि वडा भित्रका विभिन्न टाेल टाेलका चाेक चाेकमा अस्थायी धारा जडान गरेकाे छ ।

‘गाउँ प्रबेश गर्दा तथा गाउँबाट बाहिरिदा सफासंग हात मिचि हात धाेऔं, काेराेना भाइरसबाट आफुपनि बचाैँ र अरूलाई पनि बचाऔं’ भन्ने सचेतनामुलक पाेष्टर अस्थायी धारा नजिकै टाँसिएकाे र डिटाेल साबुनकाे पनि व्यवस्था गरिएकाे वडा अध्यक्ष गिरिराज बस्नेतले जानकारी दिएका छन ।

वडाबासीलाई काेराेना भाइरस राेकथाममा सहयाेग पुगाेस भनेर नि:शुल्क अस्थायी धारा र डिटाेल साबुनकाे व्यवस्था वडाले गरेकाे वडा अध्यक्ष बस्नेतले बताए। आपत विपत र दु:खकाे क्षणमा स्थानिय सरकारले पहल कदमी चाल्नु पर्छ भन्ने उद्येश्यले यस्ताे कार्य गरेकाे अध्यक्षको भनाइ छ । वडा अध्यक्ष बस्नेतका अनुसार ५ नं वडाका मुख्य चाेकहरू तिलवारी चाेक, रगैजा चाैधरी गाउँ, रजघटुवा दलित बस्ति, ढाेरेनी खल्यान, काँसिपुर, खैरेनी बाेर्डिङ चाेक लगायत १० ठाउँका मुख्य चाेकमा हात धुनलाई अस्थायी धारा जडान सहित डिटाेल सावुनकाे राखिएकाे छ ।

आवश्यक परे थप धारा जडान गरिनेछ । काेराेना भाइरस राेकथामका लागि ५ नं वडाले विभिन्न किसिमका सचेतनामुलक कार्य गर्दै आएकाे छ । टाेल टाेलमा नि:शुल्क मास्क वितरण, सचेतनामुलक व्यानर, पर्चा पम्पलेट र निगरानि गर्दै आएकाे छ ।