२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

प्रदेश ५ को प्रदेशसभा बैठक अनिश्‍चितकालका लागि स्थगित

बुटवल,
१३ चैत ।
५ नम्बर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रदेशसभाको चैत ५ गते बसेको बैठकले चैत १६ गतेका लागि बोलाइएको थियो । प्रदेशसभाले बिहीबार सूचना जारी गरी अनिश्चितकालका लागि बैठक स्थगित गरेको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।

कोरोना संक्रमणको त्राससँगै प्रदेशमा समितिका बैठक समेत हुन सकेका छैनन । प्रदेशसभामा आधा दर्जन विधेयक छलफलकै चरणमा रहेका छन् ।