२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमणबाट भारतमा २० जनाको मृत्यु

काठमाडौं,
१४ चैत ।
कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् ।

एकैदिन ८ जनाको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या २० पुगेको छ। त्यहाँ अहिलेसम्‍म ७२७ जनामा संक्रमण देखिएको छ।

कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाले ज्यान गुमाउनुपरेको छ। पाकिस्तानमा ९ जना, बंगलादेश पाँच जना, अफगानिस्तानमा चार जना, श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन।

दक्षिण एसियाली मुलुकमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २१९० पुगेको छ।