२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

संक्रमित युवतीसँगै आएका थप एक क्वारेन्टाइनमा

बाँके,
१४ चैत ।
संक्रमित युवतीसँगै कतार एयरवेज विमानमा आएका बाँकेका थप एकजनालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

उनलाई बिहीबार घरबाट ल्याएर महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ। खजुरा गाउँपालिका खजुराका उनी फ्रान्सबाट कतार हुँदै नेपाल प्रवेश गरेकी १९ वर्षीय युवती सवार विमानमा आएका थिए। संक्रमित युवती सवार विमानका अन्य यात्रुलाई पनि कोरोनो संक्रमण हुन सक्ने भन्दै सरकारले उनीहरूको खोजी गरिरहेको छ।

कतार एयरवेजको विमानमा सवार व्यक्तिको नाम र नागरिकता नम्बर भिडाउँदा उनी खजुरा गाउँपालिका ३ खजुराका भएको तथ्य पत्ता लागेको थियो। सोही विमानमा सवार तीनजनालाई यसअघि नै क्वारेन्टाइनमा राखिएको छ।