२०७७ फाल्गुन १४ गते शुक्रवार
२०७७ फाल्गुन १४ गते शुक्रवार

सल्यानमा भएको बस दुर्घटनामा सहचालकको मृत्यु

सल्यान,
१४ चैत ।
सल्यानमा गएराती भएको बस दुर्घटनामा सहचालकको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षिइ सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका ८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजिकै दुर्घटना भएको थियो । घाईते नेपालीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

दुर्घटनामा शारदा नगरपालिका ८ का २६ वर्षिय सुरेन्द्र सेजवाल, शोही ठाउँकै २८ वर्षिय थमन चलाउने र वडा न ५ का २७ वर्षिय खेमराज बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार भई रहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।