२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परिक्षण गरिने

तुलसीपुर,
१४ चैत्र ।
उरहरी स्वास्थ्य चौकिको प्राबिधिक सहयोग तथा सहकार्यमा तुलसीपुर ११ नम्बर वडा कार्यालयले भर्खरै बिदेशी मुलुकबाट घर फर्किएकाहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

वडा अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखद्वय चित्र बहादुर वलीका अनुसार आज देखि नै उनिहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिन सामान्य स्वास्थ्य जाँच गरिनेछ । विशेष गरी कोभिड १९ कोरोना भाइरस प्रभावित मुलुकबाट भर्खरै घर आइपुगेकाहरुको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्य परिक्षण गर्न लागिएको तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डाँगीले जानकारी दिनुभयो ।

वडा सदस्य डाँगीका अनुसार स्वास्थ्य परिक्षणसंगै उनिहरुलाई मास्क बितरण तथा कोरोना भाइरसबाट बच्ने उपाय बारे सचेतना प्रदान गरिनेछ । आ–आफ्नो टोलमा २ हप्ता यता बाहिरी मुलुकबाट घर आएका ब्यक्तिहरु बारे सुचना दिन पनि सबै टोल बिकास संस्था तथा टोलवासिहरुमा वडा कार्यालयले अपिल गरेको छ