२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

उच्च रक्तचाप भएपछि प्रधानमन्त्री अस्पताल भर्ना

काठमाण्डौं,
१४ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । उहाँले असहज महसुस गरेपछि बिहीबार राति नै काठमाडौ महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीलाई अहिले मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको छ । तर स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या नभइ उच्च रक्तचापको समस्या भएपछि अस्पताल लगिएको हो ।

यसअघि गएको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो ।