२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तु,
१४ चैत ।
पोखरी किनारमा खेल्दाखेल्दै डुबेर दाजुभाइको शुक्रबार बिहान मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–८, पूर्व वेलहवाका तबरेज धुनियाका १२ वर्षे छोरा सलमान धुनिया र उनका भाइ १० वर्षे अरमान धुनियाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीको सहयोगमा पोखरीबाट निकालेर उपचारका लागि जिल्ला अस्पलात तौलिहवा ल्याइएको थियो । पछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरीका निरीक्षक अमृत भण्डारीले बताए ।

खेल्दै गर्दा भाइ अरमान पोखरीमा खसेर डुबेपछि उनलाई बचाउन जाँदा दाजु सलमान पनि डुबेको अनुमान गरिएको छ । सुख्खा मौसममा पानी आवश्यकता पूर्ति गर्न कृत्रिम सामुदायिक पोखरी बनाइएको थियो ।