२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

दुरी टाढा बनाएर मास्क वितरण

शान्तिनगर,
१४ चैत ।
शान्तिनगर गाउँपालिका १ नम्बर वडा कार्यालयले कोरोना भाइरस रोकथामका लागि उच्च सतर्कता साथ निःशुल्क मास्क वितरण सुरू गरेको छ। एकले अर्कालाई नछुने गरी टाढाको दुरी बनाएर मास्क वितरण सुरू गरेको हो ।

विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न ‘सफासँग साबुनले हात धोऔं, मास्क प्रयोग गरौँ, कोरोना भाइरसबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔं’ भन्ने मुल नाराका निःशुल्क मास्क वितरण सुरू गरिएको वडा अध्यक्ष जंग बहादुर पुनले जानकारी दिएका छन् ।

शान्तिनगर गाउँपालिका वडा नं १ का टोलटोलमा सवैलाई पुग्ने गरी मास्क वितरण गरीएको वडा अध्यक्ष पुनले बताउनुभयो । वडाले करीब ४ हजार मास्क वितरण गरेको जनाएको छ ।