दाङ,
१४ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याबसहितको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन हुने भएको छ ।
प्रदेश ५ मा ४ ओटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको भन्दै मुख्यमन्त्री शंकर पोख्रेलले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ल्याबसहितको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याउने बताएका छन् ।
मुख्यमन्त्री पोख्रेलले शुक्रबार फेसबुक स्टासमा भनेका छन् , ‘माननीय स्वास्थ मन्त्रीसँगको कुराकानीपछि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ल्यावसहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने भएको छ ।’ जिल्लाका सरोकारवाला निकायहरुको आग्रहपछि मुख्यमन्त्री पोख्रेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कुराकानी गरी प्रतिष्ठानलाई ल्यावसहितको कोरोना विशेष अस्पताल बनाउन पहल गरेका थिए । ।