२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

‘समस्या परे हामीलाई खबर गर्नुहोस ।’

शान्तिनगर,
१४ चैत ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले वडा भित्र कसैलाई कुनै पनि समस्या परे खवर गर्न गरेको छ । वडा

भित्र संकास्पद विरामी, दैनिक उपभोग्य बस्तुको अभाव भएमा खवर गर्न वडा अध्यक्ष गिरिराज बस्नेतले आग्रह गरेका हुन् । वडाबासीको स्वास्थ्य अवस्था, भारत तथा अन्य देशबाट आएका व्यक्तिहरूको पहिचान तथा स्वास्थ्य अवस्थाको बारेमा बुझ्न वडा सदस्य तथा विभिन्न समूहलाई परिचालन गरेको तर अहिले सम्म कुनै समस्या देखा नपरेको वडा अध्यक्ष बस्नेत बताए ।

यदि वडाबासीहरूमा कुनै समस्या परेमा वडा सहयोग गर्न तयार रहेको र आफ्नो वडामा कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाएको उनले बताए। कोरोना भाइरस रोकथामका लागि वडाले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै अएको छ ।