२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

घरमै गएर स्वास्थ्य परिक्षण

बबई,
१४ चैत ।
बबई गाउँपालिका वडा नं ७ मा भारत तथा अन्य देशबाट घर आएका १२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।

बबई गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष महाविर चौधरी र स्वास्थ्य शाखाका शरदराज गिरी लगायतको एक टोली घरमै गइ उनिहरूको अवस्था र स्वास्थ्य चेक जाँच गरिएको थियो ।

७ नं वडाका कालितरा, ढोलपुर, डाँडागाउँ, सिमलकुना, मठेउरी लगायतका टोलका घरमै पुगेर जाँच गरिएको वडा अध्यक्ष महाविर चौधरीले जानकारी दिएका छन्। उनिहरूको अवस्था सामान्य रहेको पाइएको छ । भोलि अन्य गाउँमा पुगेर स्वास्थ्य जाँच गरिने बताइएको छ ।