घोराही,
१४ चैत । दाङबाट कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई जनामा त्यसको लक्षण नरहेको पुष्टि भएको छ ।
भारतको गोलगाँउवाट आएका घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ वर्षीय एक किशोर र जापानवाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले शुक्रवार उनीहरु दुबैजनामा कोरोनाको संक्रमण फेला नपरेको जानकारी दिएका हुन ।
दुई दिन अगाडि मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले उनीहरु दुईजनाको स्बाव लगेर आफैं काठमान्डौं गएकी थिइन । शुक्रवार मात्रै त्यसको रिपोर्ट सार्वजनकि भएको हो । काठमान्डौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुक्रवार उक्त रिपोट दिएको हो ।
कोरोना भाइरसको आंशका पछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भइ उपचार गराई रहेका उनीहरुलाई शुक्रवार नै डिस्चार्ज गरेर घर पठाउने कायममुकायम रजिष्टार देवले जानकारी दिएका छन् ।