काठमाडौं,
१४ चैत । नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चौथो संक्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्। डा. देवकोटाका अनुसार संक्रमित व्यक्ति सेति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए।
‘उनी धनगढी प्रादेशिक अस्पतालमा उपचाररत छन्’, देवकोटाले भने, ‘उनको अवस्था सामान्य छ। ३४ वर्षीय नेपाली पुरूषको टेकु अस्पतालमा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।’