२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

कोरोनाबाट बच्न भुँई खनेर कोइलाको टिका लगाइँदै

दाङ,
१५ चैत ।
कोरोना भाईरसको महामारी फैलिएको बेला दाङ लगायत पश्चिम क्षेत्रमा अनौठो अफवाह फैलाइएको छ ।

घरको दायाँपट्टी खनेर कोइला निकालेर टीका निधारमा लगाए कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने अफवाह फैलिएको छ ।

मान्छेहरुमा यो भ्रम कसरी फैलिएको हो भन्ने जानकारी नभए पनि मान्छेहरु धमाधम यो कार्य गरिरहेका छन् । बिहीबारबाट नै यो कुरा चर्चामा आएको हो । हल्ला फैलिएसँगै दाङ केही क्षेत्रका बासिन्दाहरु आफ्नो घरको क्षेत्रमा दाहिनेतर्फ जमिन खन्दै कोइला खोज्न थालेका छन् ।

यहाँका अधिकांश शिक्षित व्यक्तिहरुले समेत कोइला खोज्ने र निधारमा लगाउने कार्य समेत गरेको पाइएको छ ।