२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

उपमहानगरले विपन्न परिवारको छाक टार्ने

घोराही,
१५ चैत्र ।
कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले लकडाउन गरेपछि छाक बस्ने अबस्थामा पुगेको नागरिकहरुलाई घोराही उपमहानगरले खाद्यान्न वितरण गर्ने भएको छ ।

नगरको कार्यपालिका बैठकले १९ वटै वडाबाट त्यस्ता छाक बसेको परिवारको लगत संकलन गरी एक द्धार प्रणालीबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको हो । त्यसका लागि बास्तविक छाक बसेका परिवारको पहिचान वडा स्तरीय विपत जोखिम न्यूनिकरण तथा प्रतिकार्य कार्यदलले सिफारीस गरेका परिवारलाई नगरको उच्च स्तरीय कार्यदलले खाद्यान्न उपलब्ध गराउने नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा रहेको राहत वितरण उच्च स्तरीय कार्यदलले वडाबाट आएको सिफारिसको आधारमा चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्नहरु वितरण गर्ने छ । उक्त लगत तीन दिन भित्र संकलन गर्न बैठकले वडा अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । साथै नगर भित्र राहत वितरणका लागि एक द्धार प्रणाली अपनाईने भएको छ । नगरको समन्वय विना कसैलाई पनि आफ्नो हिसावले रातह एवं कुनै पनि बस्तुहरु नबाढ्न समेत आग्रह गरेको छ ।