घोराही,
१५ चैत्र । घोराही उपमहानगरपालिकाले लकडाउनको समयमा छुट गरिएको खाद्यान्न किनमेललाई व्यवस्थित गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
कोरोना भाईरसको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, किनमेल गर्दा ३ मिटरको दूरी टाढा रहन तर्फ उपमहानगरले सचेत गराएको हो । स्थानिय प्रशासनले लक डाउनको समयमा विहान ६ देखी ९ बजे सम्म तीन घण्टाको समयमा खाद्यान्न खरिदको लागि समय निर्धारण गरेको तर किनमेलका क्रममा अस्तव्यस्त देखिने गरेको भन्दै उपभोक्ता र व्यवसायीहरुलाई सहज हुन उपमहानगरले आग्रह गरेको छ ।
अर्को तर्फ लकडाउनलाई पूर्णपालन नभएको तर्फ आम नागरिकहरुलाई जिम्मेवार बन्न र संक्रमण प्रति त्रसित नहुन अपिल गरेको छ । यसैविच कोरोनाको संक्रमणबाट बच्न र लकडाउनलाई पूर्णरुपमा पालन गराउन १९ वटै वडाले आआफ्नो वडामा माईकिङ गरेर नागरिकहरुलाई सचेत बनाउने निर्णय भएको छ ।