तिर्थराज ज्ञवाली,
लालमटिया १५ चैत्र । दाङ जिल्लाको राप्ती गाउँपालिकाकाले प्रारम्भीक चरणमा कोरना भाईरसको जोखीम रोक्नकालागि दुई स्थानमा गरि २५ बेड सहितको क्वारेन्टाईन र ३ बेडको आईसोलेशन केन्द्र तयार गरेको छ ।
राप्ती गाउँपालिका क्षेत्रमा बाहिरी जिल्ला तथा विदेशबाट आएका वा स्वदेशमै रहेर कोरना संङक्रमणको सम्भावना बोकेकालाई सुरक्षित राख्दै भाईरसको जोखीम रोक्नकालागि लालमटिया स्थीत एरावति आदर्श बहुमुखी क्याम्पसमा १६ बेड तथा श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियामा ९ बेड गरि २५ बेड सहितको क्वारेन्टाईन र सिसहनिया स्वास्थ्य चौकीमा ३ बेडको आईसोलेशन केन्द्र तयार गरिएको राप्ती गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।
शुक्रवार नेपाल सरकारको मान्यतालाई आत्मसाथ गर्दै राप्ती गाउँपालिकाले प्रारम्भीक चरणमा २५ बेड सहितको क्वारेन्टाईन र ३ बेडको आईसोलेशन केन्द्र तयार गरिएकोमा आगामी दिनमा थप आवस्यक परेका अन्य स्थानमा समेत क्वारेन्टाईन र आईसोलेशन केन्द्र स्थापना गर्न सकिने स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताउनु भएको हो ।
राप्ती गाउँपालिकाले विदेशबाट आउनुभएका वा स्वदेशमै रहेर कोरना संङक्रमणको सम्भावना बोकेकालाई सुरक्षित राख्ने केन्द्र तयार गर्दै गर्दा त्यस्ता सम्भावित तथा क्वारेन्टाईनमा बस्नुपर्ने ब्यक्ति सम्पर्कमा नआएका र त्यस्ता ब्यक्तिलाई घरमै परिवारले लुकाईराखेको जानकारी प्राप्त भएको समेत स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए ।
गाउँपालिकाले नागरिकलाई कोरनाको संक्रमण बाट सुरक्षित रहन विभिन्न माध्यमवाट सुचीत गरिरहेको, पर्चा पम्पलेट गाउँ टोलमा टाँस गरिएको, रेडियो टेलिभिजन मार्फत सुचना प्रशारणका साथै बाहिरवाट घर फर्कने ब्यक्तिलाई सम्पर्कमा आई क्वारेन्टाईनमा बस्न अनुरोध गरेपनि घरमै बसिरहेको अवस्थामा अव गाउँपालिकाले निर्माण गरेको क्वारेन्मटाईनमा बस्न सम्भावित ब्यक्ति आउने आषा राखीएको मेडिकल अधिकृत पुष्प भुसालले जानकारी दिएका छन् ।