देविराम कुसारी,
फुलवारी १५ चैत्र । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको बेला तुलसीपुर उपमहानगरपालिका १३ का विभिन्न वस्तीमा २४ जना भन्दा वढी व्यक्तिहरु विदेशबाट आएका अनुगमनको क्रममा फेला परेका छन् ।
कोरोना भाइरसको संक्रमण नेपाल भित्रिएपछि यसको महामारीबाट वच्न सरकारले लकडाउनको निर्णय गरे यता विदेशबाट आएका व्यक्तिको तथ्यांक लिन सुरु गरिएको हो । महामारी फैलिन नदिन दाङमा पनि विभिन्न सचेतना तथा सजकता कार्यक्रम आपनाएपछि तुलसीपुर १३ मा पनि १० दिन यता विदेश वा अन्य स्थानबाट आएका व्यक्तिको तथ्यांक दिन थालिएको सुरक्षा समितिका अध्यक्ष एंव वडा अध्यक्ष डम्वरबहादुर न्यौजानेले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा १३ नम्वर वाडाको बखरियामा भारतबाट सात जना, काठमाण्डौंबाट दुई जना, ढकनामा भारतबाट ५ जना आएको पाइएको छ । त्यसैगरी वडाको मझघटुवा दुबईबाट एक जना, थाइल्याण्डबाट एक जना, साउदी अरवबाट एक जना, टुकलालीडाँडामा साउदी अरवबाट एक जना, कतार बा एक जना र भारतबाट दुई जना दश दिन यता गाउँमा भित्रिएका इलाका प्रहरी कार्यालय फुवारीका प्रमुख खड्गाबहादुर बुढाले जानकारी दिए ।
वडाको बाख्रेमा भारतबाट एक जना, धप्कलेडाँडाँमा भारतबाट एक जना, सिमलखुटीमा साउदी अरवबा एक जना, साझखुटीमा भारतबाट दुई जना व्यक्ति कोरोना संक्रमणको समयमा आएको अनुगमनका क्रममा फेला परेको समितिका सदस्य सचिव विनोद पाण्डेले जानकारी दिएका छन् । संक्रमणको समयमा गाउँमा भित्रिएका व्यक्तिको नाम वतन सहित निगरानिमा राखेको तर सुरक्षीत क्वारेन्टाइनमा लैजाने व्यवस्था नभएको सचिव पाण्डेले बताए।
यसरी विभिन्न स्थान वाट भित्रिएका व्यक्तिलाई क्वारेन्टाइनमा नराख्दा स्थानियमा त्रास बढेको छ ।