२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

व्यापारी वलीद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

देविराम कुसारी,
फुलबारी १५ चैत्र ।
तुलसीपुरको सिस्ने बोडिङ स्कुलका सञ्चालक एंव अजम्वरी कृषी सहकारी संस्थाका सचिव नवराज वलीले समस्यामा परेका ४० घर विपन्नलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको निर्णयलाई सहयोग गर्न र विन्न जनतालाई समस्यामा पर्न नदिन भन्दै व्यापारी वलीले आज विभिन्न टोलका विपन्नलाई सामाग्री वितरण गरेका हुन । वलीले प्रति व्यक्ति एक वोरा चामल, एक लिटर तेल, एक प्याकेट नुन र एक वटा साबुनका दरले सामाग्री वितरण गरेका छन।

तुलसीपुर उपमहानगरपालिका ५ वस्ने वलीले आफ्नो वडाका विशालनगर, वुद्धनगर, श्रद्धानगर स्वर्गद्धारी टोलका विपन्नलाई सो सामाग्री वितरण गरेको जानकारी दिएका छन् । यस अघि विभिन्न सामाजिक काम गर्दै आएका समाजसेवी वलीले कोराना भाइरस आतंकको वेला कुनै पनि व्यक्तिले समस्या भोग्नु नपरोस् भनेर यो सहयोग गरेको जानकारी दिए।

उनले समस्याकै कारण सरकारले गरेको लकडाउनको निर्णयलाई उलंघन नगरुन भन्ने उदेश्यले पनि आफुले सामाग्री वितरण गरेको बताए।