२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

वडा अध्यक्षले गरे ७० विपन्न परिवारलाई खाद्यान्न सहयोग

तुलसीपुर,
१५ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले तुलसीपुरको पुरानो सब्जीमण्डी आसपासका ७० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्।

लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने परिवारलाई आज शनिवार उनले खाद्यान्न वितरण गरेका हुन। उनले आफ्ना सहयोगी अब्दुल हमित खानको सहयोगमा चामल, दाल, नुन, तेल, आटा, सावुन, चिनि गरी १० दिन सम्म पुग्ने खाद्यान्न वितरण गरेका हुन। स्थानीय तहको जिम्मेवारी सम्हाल्दै शाहले गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन।

विपत्तिको वेला शाह सदैव जनताको घरघरमा पुगेर समस्यालाई समाधान गर्ने गर्दछन्। शाहले आउँदा दिनहरूमा वडा भित्र रहेका मजदुरलाई कुनै समस्या आउन नदिन खाद्यान्न वितरण गर्ने पनि वताए ।