२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

छत्रेश्वरीमा २३ वेडको क्वारेन्टाइन निर्माण

सल्यान,
१५ चैत । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाले २३ वेडको क्वारेन्टाइन निर्माण गरेको छ। कोरोना भाइरसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले क्वारेनटाइन स्थापना गरेको हो। 

सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्यचौकी, जयचौर स्वास्थ्यचौकी र भोटेचौर स्वास्थ्य चौकीमा ५/५ वेड र प्राथमिक स्वास्थ्यचौकी लेखपोखरामा ८ वेडको क्वारेन्टाइन निर्माण गरिएको उनको भनाई छ। 

क्वारेन्टाइनमा आवश्यक औषधि र उपकरणको समेत व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताए। उनले भने, ‘गाउँपालिकाका चार स्थानमा क्वारेन्टाइन निर्माण गरेका छौं। कारोना संक्रमित कुनै व्यक्ति आएका क्वारेन्टाइनमा राखी थप उपचारका लागि बाहिर रिफर गर्ने छौं।’ कोरोना संक्रमितको संख्यामा वृद्धि आएका विद्यालय तथा सामुदायिक भवनहरू समेत प्रयोगमा ल्याउन सकिने उनको भनाई छ।