२०७९ चैत्र ३ गते शुक्रवार
२०७९ चैत्र ३ गते शुक्रवार

प्रदेश ५ को कोरोना कोषलाई सिद्धार्थ बैंकको १० लाख

बुटवल,
१६ चैत ।
सिद्धार्थ बैंक लिमिटेड प्रदेश ५ ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।

शनिबार बैंकका प्रदेश ५ प्रमुख सुशील नेपाल, बुटवल मिलनचोक शाखा प्रमुख चन्द्रदेव पौड्याल र भैरहवा शाखा प्रमुख जीवन घिमिरेले संयुक्त रुपमा मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । रकम प्रदान गर्दै बैंकका प्रदेश प्रमुख नेपालले वित्तीय संस्था सेवाग्राही र सरकारप्रति उत्तरदायी रहेको भन्दै आपत्‌कालीन अवस्थामा सक्दो सहयोगको प्रयास गरेको बताए ।

बैंकले गरेको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले विपद्का बेला सबैले सहयोग गरी संयमित भएर जिम्मेवार नागरिकको दायित्व पूरा गर्न आग्रह गरे । उनले लकडाउनको समयमा घरमै बसेर स्वास्थ्यको हेरचाह गर्नसमेत सुझाए ।