२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

शान्तिनगरमा नि:शुल्क मास्क वितरण

शान्तिनगर,
१६ चैत
। शान्तिनगर गाउँपालिका वडा नम्बर २ कार्यालयले कोरोना भाइरस रोकथामका लागि उच्च सतर्कता साथ निःशुल्क मास्क वितरण गरेको छ ।

एकले अर्कालाई नछुने गरी टाढाको दुरी बनाएर मास्क वितरण गरेको बताइएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न ‘सफासँग साबुनले हात धोऔं, मास्क प्रयोग गरौँ, कोरोना भाइरसबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔं’ भन्ने मुल नाराका निःशुल्क मास्क वितरण सुरू गरेको वडा अध्यक्ष फर्साराम डाँगीले जानकारी दिएका छन् ।