२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङका पाँचै जनाको रिपोर्ट नेगेटिभ

दाङ,
१६ चैत ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको आशंकामा आइसुलेशनमा भर्ना भएका पाँचै जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानले यसअघि दुईजना व्यक्तिको रिपोर्ट नेटेटिभ आएपछि डिस्चार्ज गरेको थियो । पुनः तीनजना व्यक्तिको रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई पनि डिस्चार्ज गरिएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिए । बिरामीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोरोना विशेष अस्पताल बेल्झुण्डीमा कोरोनाको आशंकामा बिरामी भर्ना गरिएको थियो । जस मध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका सबै बिरामी डिस्चार्ज भएका छन् भने, बेल्झुण्डीमा ८ जना बिरामी भर्ना भएको सूचना अधिकारी कमल चन्दले जानकारी दिए ।

उनका अनुसार वेल्झुण्डीमा रहेका ८ जना मध्य ६ जना बिरामीको नमूना संकलन भइसकेको र बाँकी २ जना संकलनको क्रममा रहेको छ ।