२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

कोरोना विरुद्ध ७५ सय मास्क वितरण

देविराम कुसारी,
फुलवारी १६ चैत्र।
कोरोना भाइरस संक्रमणका बिरुद्ध दाङको तुलसीपुर उपमहानगरपालिक वडा नम्वर १३ फुलवारीमा आज मास्क वितरण गरिएको छ ।

सुरक्षा समितिका संयोजक एंव वडा अध्यक्ष डम्वर बहादुर नयौपानेको अध्यक्षतामा मास्क वितरण गरीएको समितिका सदस्य सचिव विनोद पाण्डेले जानकारी दिएका छन् । कोरोना विरुद्धको सचेतना, सरकारको लक डाउन निर्णयको अनुगमन, विदेश वाट आएकाको तथ्यांक संकलन गर्दै आएको वडाले थप कार्यक्रम अन्र्तगत मास्क वितरण गरेको सदस्य सचिव पाण्डेले जानकारी दिए ।

१३ नम्वर वडामा करिव एक दर्जन गाउँमा दुई दर्जन टोल रहेका छन् । ती प्रत्येक टोल विकासका अध्यक्षलाई मास्क वितरणको जिम्मा दिएको समितिका सदस्य हरिहर पौडेलले जानकारी दिए । स्वास्थ्य चौकी फुलवारी, ईलाका प्रहरी कार्यालय फुलवारी, अस्थाई प्रहरी पोष्ट दमारगाउँ, नेपाली सेनाको अम्बापुर व्यारेकको उपस्थितिमा सात हजार पाँच सय मास्क टोल विकास संस्थाका अध्यक्षहरुलाई जिम्मा लगाइएको हो ।

यसरी जिम्मा लगाएका माक्स आजै जनतालाई वितरण गरिएको हरियाली टोल विकास संस्था बखरीयाका अध्यक्ष नवराज रावतले बताएका छन्।