२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

१६ थान पिपिई र १०० थान सेनिटाईजर हस्तान्तरण

शरद रेग्मी,
तुलसीपुर १६ चैत ।
तुलसीपुर उद्योग बाणिज्य सघं र लायन्स क्लब अफ दाङले स्वास्थ्यकर्मीहरुलाई पिपिई हस्तान्तरण गरेको छ । कोरोना भाइरसवाट सुुरक्षित हुनकालागि चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अति आबश्यक पर्ने पर्सनल प्रोटेक्टिब ईक्युबमेन्ट (पिपिई) र सेनिटाईजर काठमाण्डौबाट दाङ ल्याईएको थियो । लायन्स क्लब डिष्ट्रिकबाट ३२५ बिटु नेपालबाट उपलब्ध भएको पिपिई,सेनिटाईजर तथा तुलसीपुर उद्योग बाणिज्य संघबाट उपलब्ध रेनकोटहरु आज हस्तान्त्रण गरिएको हो ।

संस्थाका प्रतिनिधिहरुलेआज आईतबार प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल ,स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन डाक्टर बसन्त लामिछाने र राप्ति प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेण्ट डाक्टर सर्बेश शर्मालाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । १६ थान पिपिई र एक सय थान सेनिटाईजर दुई वटा स्वास्थ्य संस्थाहरु राप्ति प्रादेशिक अस्पताल र स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हस्तान्त्रण गरिएको हो ।

सो अवसरमा लायन्स क्लब डिष्ट्रिकका केन्द्रिय प्रमुख सल्लाहकार बिनोद कुमार श्रेष्ठ, रिजन चेयर पर्सन युबराज थपलिया, लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसी, रिपोटर्स क्लब दाङका अध्यक्ष शर रेग्मी, प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देब लगायतको सहभागिता रहेको थियो ।