तुलसीपुर,
१६ चैत । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको वैठक मोवाईलमा भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा मोबाइलबाट वैठक भएको हो । फेसवुक ग्रुप मार्फत लाइभ बैठक भएको थियो ।
कोराना संक्रमणको प्रकोपलाई नियन्त्रण र व्यवस्थापन गर्नका लागि अत्यावश्यक भएकाले डिजिटल रुपमा वैठक वसेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । सबै कार्यपालिका सदस्यहरुलाई फेसवुक ग्रुपमा जोडेर घरबाटै सबैले विचार राखेका थिए । पालैपालो कार्यपालिका सदस्यहरुले वडामा के कस्तो अवस्था रहेको छ भन्ने वारेमा जानकारी गराएका थिए, भने नगरप्रमुख पाण्डेले आवश्यक सुझाव समेत दिएका थिए ।
उपमहानगरपालिकामा यस्तो खालको वैठक पहिलो पटक सञ्चालन भएको हो । वैठकमा विभिन्न एजेण्डा प्रस्तुत गरेर नगरप्रमुख पाण्डेले सुरुवात गरेपछि अन्य सदस्यले विचार राखेका थिए ।