२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

त्रिवेणीमा १५ जना क्वारेन्टाइनमा

सल्यान,
१६ चैत ।
सल्यानमा विदेशबाट आएका १५ जनालाई क्वारेनटाइनमा राखिएको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १५ जना क्वारेनटाइनमा रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ।

राधेश्याम माध्यमिक विद्यालय काराँगिठीमा ११ जना र जनता माध्यमिक विद्यालय काभ्रामा ४ जनालाई क्वारेनटाइनमा राखिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य प्रमुख प्रभातकुमार श्रेष्ठले जानकारी दिए। भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेनटाइनमा बसेको उनको भनाई छ।

शनिबार ८ जना र आज थप ५ जना क्वारेनटाइनमा बसी रहेको श्रेष्ठले बताए। उनीहरूमा अहिलेसम्म कोरोनाका कुनै लक्षण देखा नपरेको उनको भनाई छ । क्वारेनटाइनमा बसेका सम्पूर्ण व्यक्तिहरुको खानाबस्नको व्यवस्था गाउँपालिकाले गरेको छ।