२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा नआउनेलाई कारबाही

काठमाडौं,
१६ चैत।
सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर, अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् ।

साथै, पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझैपनि सरकारको सम्पर्कमा समेत आएका छैनन् । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।