काठमाडौं,
१७ चैत । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।
१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । लकडाउनको अवधि सकिन दुई दिनअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको थियो ।
लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको हो ।