२०८१ कार्तिक २६ गते सोमवार
२०८१ कार्तिक २६ गते सोमवार

बिजुली, इन्टरनेट, टेलिफोन र खाद्य सामग्रीमा छुट

काठमाण्डौं,
१७ चैत ।
आइतबार बेलुका अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले राहत तथा सहुलियत दिने निर्णय गरेको छ ।

यसरि घोषित राहत र सहुलियत बिजुली, इन्टरनेट, दाल चामल लगायत खाद्य सामग्रीमा लागू हुने सरकारका प्रवक्ता अर्थमन्त्री तथा सन्चार तथा सूचना प्रविधि डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार १ सय ५० युनिटसम्म बिजुली बाल्ने ग्राहकहरुलाई फागुन र चैतको महसुलमा २५ प्रतिशत छुट तथा खाद्य संस्थान तथा साल्ट ट्रेडिङद्वारा वितरित दाल, चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशतको छुट दिइनेछ ।

यसैगरी विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि बैठकले निर्णय गरेको छ ।