२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

निजी विद्यालयले चैत महिनाको शुल्क छुट गर्नुपर्ने, एक महिनाको घरभाडा नलिन पनि आग्रह

काठमाडौं,
१७, चैत ।
निजी विद्यालयहरुले चैत महिनाको शुल्क लिन नपाउने भएका छन्। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै निजी विद्यालयहरुले अभिभावकलाई यसअघि नै लिइसकेको एक महिनाको शुल्क फिर्ता गर्नुपर्ने भएको छ। निजी विद्यालयहरुले यो शैक्षिक सत्रको सबै शुल्क लिइसकेर वार्षिक परीक्षा पनि सकेको अवस्थामा सरकारको निर्णय आएको हो। देशका सबै निजी विद्यालयले यो शैक्षिक सत्रको पढाई बन्द गरिसकेका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालयलाई एक महिनाको शुल्क नलिन निर्देशन दिने निर्णय भएको जानकारी दिए।

सरकारले एक महिनाको घरभाडा नलिन घरबेटीहरूलाई पनि आग्रह गरेको छ। शहरी क्षेत्रका असंगठित श्रमिकहरुको एक महिनाको घरभाडा छुट दिन घरबेटीहरुलाई सरकारले औपचारिक रुपमै आग्रह गरेको छ । यसो गरेमा सरकारले घरबेटीहरुलाई एक महिनाको घरबहाल कर छुट दिने सरकारले जनाएको छ ।