२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

घोराहीका खाद्य पसल पनि बन्द, फोनबाटै घरमा सामान

घोराही,
१७ चैत्र ।
दैनिक अति आवश्यक उपभोग्य बस्तुहरुको खरिद गर्दा संक्रमणको जोखिम बढेको भन्दै घोराहीमा खाद्य पसलहरु पूर्णरुपमा बन्द हुने र उद्योग बाणिज्य संघले घरघर पुर्याउने भएको छ ।

सोमबार राती १२ बजे देखी लागु हुने गरी घोराही उपमहानगरको वडा नम्बर १४ र १५ मा खाद्य बस्तुहरु विक्रि गर्ने पसलहरु कुनै पनि समयमा खुल्ने छैनन् भने उद्योग बाणिज्य संघले घरदैलोमा दैनिक उपभोग्य बस्तुहरु पुर्याउने निर्णय भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को विपत व्यवस्थापन समितिको बैठकले घोराही बजारलाई चौविसै घण्टा लकडाउन गर्ने र दैनिक अत्याबस्यक पर्ने खाद्यबस्तुहरु घरघरमा पुर्याउने निर्णय भएको छ ।

समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख नरुलाल चौधरी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष हेमराज बन्जाडे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल सहित राजनितिक दल र विभिन्न सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानिय प्रशासनले विहान ६ देखी ९ बजे सम्म तीन घण्टा दैनिक उपभोग्य बस्तुहरुको खरिदका लागि समय निर्धारण गरेको अबस्थामा उपभोक्ताहरुको भिडभाड र व्यवसायीहरुको व्यवस्थापन संक्रमणको जोखिम निम्त्याउने खालको भएपछि बजार क्षेत्रमा यस्तो निर्णय गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिन र बच्नका लागि अपनाईएको उक्त व्यवस्थालाई सहजिकरण गर्न वडा नम्बर १४ को कार्यालयलाई जिम्मेवारी दिईएको छ । दैनिक उपभोग्य बस्तुको प्राप्तीका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघको फोन नम्बर ०८२–५६००६३ मा फोन गर्नुपर्ने छ ।