काठमाडौं,
१७ चैत । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् ।
पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ ।
चिकित्सकहरुको व्यक्तिगत सुरक्षा उपकरण पीपीएसहितका टेस्ट किटहरु आइसकेकाले अब तीब्र रफ्तारमा संक्रमण परीक्षण हुने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए ।
चिनियाँ निजी कम्पनी र दूतावासमार्फत अनुदानमा आएका सामानसमेत सातै प्रदेशमा वितरण गरिने स्वास्थ्य मन्त्री ढकालले बताए । ती सबै सामान र उपकरण संक्रमण परीक्षणका लागि आवश्यक हुन् ।